शेयर बजार ४.७३ अंकले घट्यो

आज नेप्से चार दसमलव ७३ अंकले घटेको छ । सोमबार उक्त अंकले घटेको नेप्से १५ सय ६० दसमलव ८३ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ८७ अंकले घटेर तीन सय नौ दसमलव ६० बिन्दुमा झरेको छ ।

एक सय ९१ कम्पनीहरुको ३० हजार पाँच सय ९६ पटकको कारोवारमा ६९ लाख ९७ हजार चार सय २० कित्ता शेयर खरिद बिक्री भएकाछन् ।

उक्त परिमाणमा शेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ६९ करोड एक लाख ५४ हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments