कालिमाटी तरकारी बजारमा क्यू आर कोड सेवा सञ्चालनमा

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्पmत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

शुक्रबार (आज) बाट कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गरेका हुन् ।

समुद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्दै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताए ।

त्यस्तै कार्यक्रममा आप्mनो मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेको भन्दै खुशी प्रकट गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments