यसपालीको दशैँमा पुरानै नोट

यसपालिको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको छ। कोभिड-१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको गर्दा लामो लाइनले कोरोना सर्ने जोखिम रोक्न यस्तो निर्णय लिइएको जानकारी दिए।

यसअघिका वर्षमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो। जुन एक किसिमले प्रचलनको रुपमा पनि स्थापित भइसकेको छ। राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोटहरु दशैंको बेलामा सटही गर्दै आएको थियो। यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो।

‘नयाँ नोटका लागि भीड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको छ’, उनले भने। यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकोले दशैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनै पनि बैंकमा नगरिएको उनले बताए। यद्यपि आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था रहेको प्रवक्ता भट्टले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments