वाणिज्य बैंकका ६ हजार कर्मचारीमा कोरोना संक्रमण
नेपाल बैंकर्स संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै‘क’ वर्गका बैंकहरु -वाणिज्य बैंक का मात्रै हालसम्म ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमित भएको जानकारी दिएको छ। कोरोना महामारीका बेला पनि नियमित सेवा दिइरहेका बैंकहरुको ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
धेरै कर्मचारीहरु संक्रमित भए पनि बैंकहरुले सेवा भने नियमित दिइरहेका छन् । संघका अनुसार आगामी २९ गतेदेखि भने मंसिर १ गतेसम्म भने बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भएका छन् । तिहारको अवसरमा २९ गतेदेखि १ गतेसम्म सबै कार्यालयहरु बिदा दिने निर्णय भएको संघको भनाई छ ।
संघका अनुसार यस अवधिमा बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भए पनि डिजिटल सेवाहरु भने सधै खुला हुनेछन् । संघले यस अवधिमा बैंकिङ कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।