गण्डकी प्रदेश द्वारा प्रदेश १ दुई विकेट ले पराजित

प्रधानमन्त्री कप रास्ट्रीय क्रीकेट मा गण्डकी प्रदेश ले प्रदेश १ लाई दुई विकेट ले पराजित गरेको छ ।
मुलपानी क्रीकेट मैदानमा १०३ रन को लक्ष्य लिएर मैदान उत्रिएको गण्डकी ले उक्त लक्ष्य ३७ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । गण्डकी को जित मा अर्जुन कुमाल र दिपक डुम्रे ले समान ३५/३५ रन को योगदान दिए भने अभिषेक थापा ले नट आउट १२ रन बनाए । बलिङ तर्फ प्रदेश १ का शिव शंकर उराउ के २ विकेट हात पारे ।
यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ को टिम १०२ रन मै समेटिएको थियो । खेल मा ह्याट्रीक सहित ४ विकेट लिने गण्डकी का युबा स्पिनर विशाल पौडेल म्यान अफ द म्याच भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments