नेबिकोको एकैसाथ दश नयाँ प्रोडक्ट बजारमा

नेबिकोले एकैसाथ दश नयाँ प्रोडक्ट बजारमा ल्याएको छ । नेबिको भन्ने बित्तिकै बिस्कुट भनेर झट्ट दिमागमा आए पनि हालसम्म विभिन्न प्रोडक्ट क्याटेगोरीमा आफ्नो उत्कृष्ट उत्पादनहरु बजारमा पठाइसकेको छ ।

हालसम्म नेबिकोले बिस्कुट, कुकिज र कन्फेक्सनरीजहरु उत्पादन गरी बिक्री वितरण गर्दै आएकोमा अबबाट ब्रेकफास्ट सिरियल्स पनि बिक्री वितरण गर्ने भएको छ । ब्रेकफास्ट सिरियल्समा कन्फ्लेक्स, ओट्ट र चोकोस रहेका छन् । नेबिको कन्फ्लेक्स ३०० ग्राममा उपलव्ध छ । जसको मूल्य २ सय रुपैयाँ रहेको छ ।

त्यस्तैगरी नेबिको चोकोज ३५० ग्राम, जसको मूल्य ३ सय रुपैयाँ र नेबिको ओट्स ५ सय ग्राम र एक किलोको जारमा उपलव्ध छ । जसको मूल्य २०० र ३८० प्र्रति जार रहेको छ ।

त्यस्तैगरी नेबिकोले प्ल्याटिनम सिरिज अन्तर्गत अन्तर्राष्ट्रिय स्तरको पाँचवटा भेराइटीका कुकिजहरु पनि बजारमा ल्याएको छ । जसको मूल्य क्रमशः यस प्रकार छन्

वटर कुकिज १५० ग्राम ५० रुपैयाँ

जिरा कुकिज १५० ग्राम ५० रुपैयाँ

काजु कुकिज १२० ग्राम ५० रुपैयाँ

चकलेट कुकिज १२० ग्राम ५० रुपैयाँ

सुगर फ्रि कुकिज १५० ग्राम ७५ रुपैयाँ

उपभोक्तको सल्लाह सुझाव अनुसार नै कन्फेक्सनरी अन्तर्गत नेबिको पप्स्टीक लिच्चि फ्लेवर ललिपप पनि भोलिबाट बिक्रि वितरण गरिने जानकारी गराउँदै जसको मूल्य ५ रुपैयाँ मात्र रहेको कम्पनीले जनाएको छ ।

उच्च गुणस्तरीय बिस्कुट उत्पादन गर्दै आएको नेबिकोको थप यी सेग्मेन्टमा पनि उपभोक्ताको मन जित्न सक्नेछ भन्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ । उच्च गुणस्तरीय बिस्कट उत्पादन गर्दै आएको नेबिको थप यी सेग्मेन्टमा पनि उपभोक्ताको मन जित्न सक्नेछ भन्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

भोलिबाट बजारमा उपलव्ध हुने प्रोडक्टहरु निकैनै स्वादिला र स्वस्थकर रहनेमा ढुक्क रहन समेत नेबिकोले आग्रह गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments