वैज्ञानिकको कोरोनाबारे डरलाग्दो चेतावनी

साल २०१९को डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन । कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन । कोरोना संक्रमितको संख्या बढीरहेको बेला वैज्ञानिकहरुले डरलाग्दो चेतावनी दिएका छन् । कोरोना भाइरस एक्सपर्टले महामारीको तेश्रो लहर समेत आउने भन्दै चेतावनी दिएका छन् ।

बेलायतको एडिनवर्ग विश्वविद्यालयमा संक्रामक रोगका प्रोफेसर मार्क वूलहाउसले कोरोनाको तेश्रो लहर आउने बताएका छन् । बेलायतको एडिनवर्ग विश्वविद्यालयमा संक्रामक रोगका प्रोफेसर मार्क वूलहाउसले कोरोनाको तेश्रो लहर आउने बताएका छन् । बेलायतमा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढीरहेको समेत उनले जानकारी दिएका छन्।

बेलायतमा ४ लाख ३४ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने ४१ हजार भन्दा धेरैको मृत्यु भएको छ । यो महामारी रोक्नको लागि कडा नियम बनाउन उनले आग्रह गरेका छन् । उनले अबको ६ वा १२ महिना भित्रमा भ्याक्सीन बनेन भने वैकल्पिक बाटो खोज्नुपर्ने समेत बताएका छन् ।लकडाउनबाट कोरोना नसकिने भन्दै उनले यो समस्या अब झनै जटिल बन्दै गएको बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments