अमेरिकामा कोरोनाबाट २ लाख ७ हजार भन्दा धेरैको मृत्यु

विश्वमा कोरोना भाइरसको संक्रमणको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ। अमेरिकामा कोरोना भाइरसका कारण २ लाख ७ हजार ५३८ जनाको मृत्यु भएको छ भने ७१ लाख ८५ हजार ४७१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४४ लाख ३७ हजार ५७५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४० हजार ३५८ जना उपचाररत छन् । त्यस्तै १४ हजार १५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।अमेरिकामा बिहीवार मात्रै ४५ हजार ३५५ जनालाई संक्रमण भएको छ भने ९४२ जनाको मृत्यु भएको छ ।

अमेरिकाको टेक्सासमा ७ लाख ६० हजार ९४१ जनालाई कोरोना संक्रमण भएको छ भने १५ हजार ६२९ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार ४०२ जनाको मृत्यु भएको छ भने ८ लाख ९६ जनालाई कोरोना संक्रमण भएको छ । फ्लोरिडामा अहिलेसम्म १३ हजार ७९५ जनाको मृत्यु भएको छ भने ६ लाख ९३ हजार ४० जनालाई कोरोना संक्रमण भएको छ ।

हालैका दिनहरूमा नर्थ डकोटा, युटा, विन्सकन्सिन लगायतका अमेरिकी राज्यहरूमा संक्रमित संख्यामा तीब्र वृद्धि देखिएको छ। संक्रमित बढेको भन्दै विन्सकन्सिन राज्यका गभर्नरले राज्यमा नयाँ जनस्वास्थ्य आपतकालको घोषणा गरेका छन्। योसँगै मास्क लगाउनुपर्ने अनिवार्य नियमलाई उनले नोभेम्वर महिनासम्मका लागि बढाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments