जोन सेनाले गरे शाए शारियातजादेसँग विवाह

विश्वचर्चित रेस्लर जोन सेनाले शाए शारियातजादेसँग विवाह गरेका छन् ।शारियातजादे इरानी मूलकी क्यानेडियन युवती हुन् ।

केहि वर्ष यता प्रेममा रहेका उनले गत फेब्रुअरीमा शाएसँग इंगेजमेन्ट गरेका थिए । उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो भन्दा अगाडि उनी २००९ देखि २०१२ सम्म एलिजाबेथ हुबर्देउसँग वैवाहिक सम्बन्धमा थिए । त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म सेलिब्रिटी निकी बेलासँग उनी सम्बन्धमा थिए । उनले निकी बेलासँग भने परम्परागत वैवाहिक सम्बन्ध जोडेका थिएनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments