यूरोपमा एक हप्तामा बढे १.४० लाख संक्रमित
विश्वमा अहिलेसम्म ४ करोड २ लाख ८१ हजार ७४१ जनालाई कोरोना संक्रमण भएको छ भने ११ लाख १८ हजार ३२८ जनाको मृत्यु भएको छ । त्यस्तै ३ करोड ११ लाख ६ हजार ६७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७१ हजार ९९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच यूरोपमा भने बितेको एक हप्तामा १.४० लाख नयाँ केस फेला परेका छन् । विशेषज्ञका अनुसार यति धेरै संक्रमित, भारत, अमेरिका र ब्राजिललाई मिलाएर हिसाव गर्दा पनि कम हुन्छ । शुक्रवार भने अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका थिए ।

बेलायत, फ्रान्स, रुस, नेदरल्याण्ड्स र स्पेनमा सारा यूरोपको आधा भन्दा धेरै केस छन् । फ्रान्समा सबैभन्दा धेरै २० हजार प्रतिदिन नयाँ केस देखिएका छन् ।शुक्रवार ४ लाख भन्दा धेरै संक्रमित थपिएका हुन् । संसारका हरेक १०० केसमा ३४ जना यूरोपका रहेका छन् । यूरोपमा हरेक ९ दिनमा १० लाख संक्रमित बढीरहेका छन् ।