युक्रेनमा वायु सेनाको विमान दुर्घटना,२२ जनाको मृत्यु

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा शुक्रबार दुर्घटनामा परेको हो ।

विमान दुर्घटनाको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारण दुर्घटनमा परेको बताएका छन्। विमान दुर्घटनामा बारे अनुसन्धान जारी रहेको युक्रेन सरकारले बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments