अमेरिकी राष्ट्रपतीय चुनाव, बाइडेनलाई सुरूवाती अग्रता

अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ ।इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ।कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए।

मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म १७ राज्यको मतपरिणाम सार्वजनिक भएको छ ।

१७ राज्यको मतपरिणाम सार्वजनिक हुँदा प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् ।बीबीसीका अनुसार घोषित मतपरिणाम अनुसार २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार बाइडेनले ८९ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ६३ मत प्राप्त गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments