चीनले नै कोरोना भाईरस बनाएको वैज्ञानिकको दाबी

डिसेम्बर २०१९मा चीनको वुहान शहरबाट पहिलो पटक पहिचान भएको कोरोना भाईरस अहिले विश्वव्यापी महामरीको रुपमा फैलिरहेको छ। कोरोनाका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् । कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन । यसैबीच भिरोलोजिस्टले कोरोना संक्रमण चीनले नै बनाएको दाबी गरेकी छन् । चीनले कोरोना बनाएर महामारी लुकाउने प्रयास गरेको उनले बताएकी छन् ।

डा. लि मेङ याङले आफूसँग त्यसको पर्याप्त प्रमाण रहेको समेत बताएकी छन् । जसबाट कोरोना संक्रमण चीनले नै बनाएको साबित हुन्छ ।

उनले यो भाइरस चीनमा र मानिसले नै बनाएको प्रमाण आफूसँग रहेको बताएकी छन् । उनी हङकङको यूनिभर्सिटीमा रिसर्चरको काम गरिरहेकी थिइन् ।

जब उनले भाइरसमाथि स्टडी शुरु गरिन् तब उनीमाथि विभिन्न हमला हुन थाल्यो । डेली मेलको रिपोर्टका अनुसार आफ्नो जीवनलाई लिएर खतरा महशुस गरेपछि उनी त्यहाँबाट भागेर अमेरिका गएको बताइएको छ ।

उनले वुहान ल्याबमै कोरोना भाइरस बनाएको दाबी गरेकी छन् । तर चीनले भने यो आरोप बारम्बार अस्विकार गरिरहेको छ ।उनी अहिले अमेरिकाको सिक्रेट ठाउँमा बसिरहेको बताइएको छ । चीन सरकारले उनीसँग जोडिएका सबै जानकारी सरकारी डेटाबेसबाट डिलिट गरिदिएको उनले बताएकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments