योशिहिदे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

शिन्जो अबेले स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । योशिहिदे सुगा जापानको सत्तारुढ सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए ।

उनीसँग प्रतिस्पर्धा गरेका पूर्वविदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए । ७१ वर्षीय सुगा निवर्तमान प्रधानमन्त्री सिन्जे आबेको अति निकटस्थ पात्रका रुपमा रहेका थिए।

सुगाले आबे नेतृत्वको सरकारमा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments