फेसबुकले हटायो राष्ट्रपति ट्रम्पको भ्रामक स्ट्याटस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस बारे गरेको स्टाटसमा ‘भ्रामक’ टिप्पणी भएको भन्दै फेसबुकले हटाएको छ।

राष्ट्रपति ट्रम्पले कोरोनाभन्दा अमेरिकामा हुने सिजनल फ्लू खतरनाक भएको भन्दै लेखेको स्ट्याटस फेसबुकले हटाएको हो । ट्रम्पले उक्त भनाइ भ्रममा पार्ने खालको रहेको फेसबुकको भनाइ छ।

कोभिड–१९ मौसमी फ्लूभन्दा सामान्य र कम घातक भएको भन्ने पोस्टलाई फेसबुकले मंगलवार हटाइदिएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेसबुकका प्रवक्ता एन्डी स्टोनले यसको पुष्टि गरेका हुन्। उनका अनुसार कोरोना भाइरसका नियम विपरीत उक्त पोस्टले गलत सूचना प्रवाह गरेका कारण हटाइएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments