बिल गेट्स ले गरे आफ्नी श्रीमती संग सम्बन्ध बिच्छेद

माइक्रोसफ्टका संस्थापक विल गेट्स र मेलिन्डा गेट्सले आफ्नो २७ वर्ष लामो वैवाहिक जीवन अन्त्यको घोषणा गरेका छन् । सामाजिक संजाल टुइटर मा लेखेका छ्न ‘हामीलाई विश्वास हुन छाड्यो कि एक जोडीका रुपमा अब हामी अगाडी बढ्न सक्छौं,’ ।

निकै साचबिचार गरी आफ्नो सम्बन्धका लागि धेरै प्रयास गरेपछि हामी आफ्नो वैवाहिक जीवन अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरुले लेखेका छन् । यो जोडीको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो, जतिबेला मेलिन्डा ले माइक्रोसफ्टमा जागिर सुरु गरेकी थिइन् ।

उनीहरुका तीन सन्तान छन् । सम्बन्धविच्छेद पछि पनि उनीहरुले संयुक्त रुपमा खोलेको विल एण्ड मेलिन्डा गेट्स फाउण्डेसन सन्चालन गर्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments