भारतको अयोध्यामा राम मन्दिरको अभिषेक समारोह

भारतको अयोध्यामा राम मन्दिरको अभिषेक समारोह भएको छ। । अभिषेक समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनुष्ठान गरेका छन।

गोल्डेन रङको कुर्ता र क्रीम धोती लगाएर राम मन्दिर पुगेपछि प्रधानमन्त्री मोदी भन्छन : यो “दैवी कार्यक्रम” को एक हिस्सा हुन पाउँदा “ठूलो आनन्द” भएको छ। सोही दिन ‘प्रयासचित’ र ‘कर्मकुटी’ पूजा गरी अभिषेकको विधि सुरु भएको हो ।

मैसूरका मूर्तिकार अरुण योगिराजले कोरेका राम लल्ला (भगवान श्रीरामको ५ वर्ष) को ५१ इन्चको नयाँ मूर्ति जनवरी १७ मा प्राङ्गणमा प्रवेश गरी रामजन्मभूमि मन्दिरको गर्भगृहमा राखिएको थियो। . राममन्दिरमा रहेको रामलल्लाको मूर्तिलाई प्रधानमन्त्री मोदीको उपस्थितिमा अनावरण गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments