एलन मस्क संसार कै धनी व्यक्ति

एमाजोनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै टेस्ला कम्पनीका सीईओ एलन मस्क विश्वका सबभन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लूमबर्गका अनुसार बिहीबार टेस्ला कम्पनीको शेयर मूल्य ६ प्रतिशतले बढेपछि मस्कले बेजोसलाई पछि पारेका हुन् ।

अहिले मस्कको सम्पत्ति बेजोसको भन्दा ३ अर्ब डलर बराबर बढी रहेको छ । यसअघि लामो समयसम्म संसारको सबभन्दा धनी मानिसको सूचीमा रहेका माइक्रोसफ्ट का सस्थापक बिल गेट्स अहिले तेस्रो स्थानमा रहेका छन् ।

ब्लुमबर्गका अनुसार उनको सम्पत्ति १३२ अर्ब डलर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको टेस्लाले विद्युतीय कार उत्पादन गर्दै आइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments