ओबामाको निशानामा डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपतिको निर्वाचन नजिकिदै जादा चुनावी सरगर्मी पनि बढेको देखिएको छ । राष्ट्रपतिका दुवै प्रतिष्पर्धी डोनाल्ड ट्रम्प र जो बाइडेन अहिले प्रचार प्रसारमा व्यस्त रहेका छन् ।
यसैबीच पूर्व राष्ट्रपति बाराक ओबामाले बाइडेनको पक्षमा प्रचार सुरु गरेका छन् । ओबामाले राष्ट्रपति ट्रम्पविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुदै जसले आफैलाई कोरोनाबाट बचाउन सकेनन्, उनले जनतालाई कसरी बचाउन सक्छन भन्दै प्रश्न गरेका छन् ।
फिलाडेल्फियाको लिंकन फाइनान्सियल फिल्डको बाहिर बोल्दै ओबामाले कोरोना भाइरसको महामारीले आठ महिनादेखि लडिरहेका छौं र संक्रमण बढिरहेको बताउदै उनले ट्रम्पले अहिले अचानक हामी सबैको सुरक्षा गर्ने बताउदै हिडेको बताए ।
ओबामाले भने जसले आफुलाई संक्रमणबाट बचाउन आवश्यक सुरक्षा अपनाउन सकेनन् उनले कसरी जनतालाई बचाउन सक्छन भन्दै मतदातालाई सचेत हुन आग्रह गरेका छन् ।
ओबामाले यो रियालिटी शो नभएको भन्दै वास्तविकता भएको र आफुलाई गम्भीरताका साथ लिन असफल भएपछि त्यसको परिणामसँग बाच्नु पर्ने बताएका छन् ।
ओबामाले बाइडेन र कमलाले दिने बयानबाट कोहि चिन्तित हुनुनपर्ने भन्दै उनीहरुले कुनै षड्यन्त्रलाई लिएर ट्वीट गर्दैनन् र यसको बारेमा कसैलाई दिन-रात सोच्नुपनि पर्ने नपर्ने बताए ।
साथै ओबामाले रिपब्लिकनका नेताहरु क्रुर, विभाजनकारी र जातिवादी रहेको आरोप लगाउदै उनीहरुले समाजलाई तोडेको आरोप लगाएका छन् ।