कोरोनाको भ्याक्सिन कहिलेसम्म आउछ ?
पछिल्लो दुई हप्तामा फाइजर र बायो एनटेक तथा मोर्डना दुवैले आफ्नो कोभिड भ्याक्सिनको सफल परिक्षण भएको घोषणा गरेका छन् । अन्य भ्याक्सिनको भने काम हुँदै छ र तेश्रो महत्वपुर्ण परीक्षणमा पुगेका छन् भने जोनसनले पनि भ्याक्सिन बनाउदै छ र यसमा वेलायतको अनुसन्धान जारी छ ।
मानिसहरुको जीवन सामान्य अवस्थामा फर्किनको लागि भ्याक्सिनको निकै अवश्यकता रहेको छ । अझैपनि ठुलो संख्यामा मानिसहरुलाई कोरोना संक्रमणको खतरा कायम छ र अहिले केवल आफ्नो जीवनशैलीमा नियन्त्रण तथा परिवर्तन गरेर मानिसहरु बाँचिरहेका छन् ।
भ्याक्सिनले शरीरलाई सुरक्षित तरिकाले भाइरससंग लड्न सिकाउँछ ।
यस भ्याक्सिनले मानिसलाई पहिलो पटक कोरोना संक्रमण हुनबाट बचाउछ वा कोभिड-१९ लाई प्राणघातक हुनबाट रोक्छ । खोपको साथमा उपयुक्त उपचार नै, ‘कोरोना महामारीबाट बाहिर निस्किने रणनीति; हो ।
कुन भ्याक्सिन अधिक सफल हुने सम्भावना छ ?
फाइजर/बायोएनटेक कम्पनीले सबै भन्दा पहिला आफ्नो खोपको परिक्षणको अन्तिम चरणमा रहेको जानकारी सार्वजनिक गरको छ । कम्पनीको तथ्यांकको अनुसार, यस खोप कोरोना भाइरसबाट सुरक्षा प्रदान गर्न ९५ प्रतिशत प्रभावकारी रहेको बताइसकेको छ ।
करिब ४३ हजार मानिसमा यस खोपको परिक्षण गरिएको छ र सुरक्षाको बारेमा कुनै समस्या नरहेको फाइजरले बताएको छ । साथै फाइजरले अमेरिकामा इमर्जेन्सी प्रयोगका लागि अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसनसँग छिट्टै अनुमति माग्ने समेत बताएको छ ।
त्यस्तै मोडर्नाको खोप परिक्षण अमेरिकामा ३० हजार मानिसमा भइरहेको छ र आधा मानिसलाई नुमना भ्याक्सिन दिइएको छ । कम्पनीको अनुसार, यस भ्याक्सिनले ९४.५ प्रतिशत मानिसलाई सुरक्षित राख्छ । कम्पनीले परिक्षणको लागि कोरोनाको लक्षण भएका ९५ मानिस मध्ये केवल पाँच जनालाई वास्तविक भ्याक्सिन दिइएको थियो ।
वेलायतको औषधि कम्पनी एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीका वैज्ञानिक मिलेर एक भ्याक्सिन विकसित गर्दै छन् । आउँदो केहि हप्तामा भ्याक्सिन परिक्षणको परिणाम पनि सार्वजनिक हुनेछ । अक्सोफोर्डको भ्याक्सिन ६० बर्ष भन्दा माथिको उमेर समुहलाई बढी प्रभावकारी रहेको रिपोर्ट बाहिर आएको छ ।
यसै बीच रुसले बनाएको स्पुटनिक ५ को नाममा पनि एउटा तथ्यांक जारी गरिएको छ र यसले उत्साह बढ्ने बताइएको छ ।
तेश्रो चरणको अन्तिम परिणामको अनुसार फाइजरको भ्याक्सिन पनि सोहि चरणमा छ र रुसका अनुसन्धानकर्ताहरुको अनुसार, यो भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी छ ।
के अन्य भ्याक्सिन विकसित हुनेछन् ?
आउँदो केहि हप्ता र महिनाको क्रममा एडभान्स परिक्षणमा काम भइरहेको अन्य समूहको पनि परिणाम आउने बताइएको छ । जोनसनको परिक्षणमा पुरै वेलायतमा छ हजार मानिसलाई सहभागी गराउन शुरुवात गरिएको छ र अन्य केहि देशमा यस प्रयासमा सहभागी हुनेको संख्या ३० हजार रहेको छ ।
कम्पनीले पहिला आफ्नो भ्याक्सिनको एक ठुलो मात्रामा परिक्षण गरिसकेको छ जसमा स्वयंसेवकहरुलाई एक डोज दिइएको छ । अहिले कम्पनीले उक्त डोज प्रभावकारी रहेको र लामो समय सम्म इम्युनिटी दिने बताएको छ । अन्य थुप्रै भ्याक्सिनको परिक्षण अन्तिम चरणमा रहेको छ।
जसमध्ये चीनको वुहान इन्स्टीट्युट अफ बायोलजिकल प्रोडक्ट्स र साइनोफार्मा, र रूसको मस्कोस्थित गेमालेया रिसर्च इन्स्टीट्युट अफ एपिडेमियोलजी एण्ड माइक्रोबायोलजी पनि सहभागी रहेका छन् ।
तर चिनियाँ कम्पनी सिनोवेकमा विकसित एक भ्याक्सिनको ब्राजिलमा हुने भनिएको परिक्षणमा रोक लगाइएको थियो । परिक्षणको क्रममा एक गम्भीर घटना भएको थियो, जहाँ एक स्वयंसेवकको मृत्यु भयो ।
भ्याक्सिन कहिलेसम्म आउनेछ ?
फाइजरको अनुसार, यस वर्षको अन्तिम सम्ममा विश्वभरी पाँच करोड डोज उपलब्ध हुनेछ र सन् २०२१ को अन्तिम सम्ममा करिब एक सय ३० करोड डोजको आपूर्तिमा सक्षम रहेको छ । वेलायतमा सन् २०२० को अन्तिमसम्म एक करोड भ्याक्सिनको डोज आवश्यक रहेको छ ।
वेलायतले अगाडी नै तीन करोड खुराकको प्रि-अर्डर दिइसकेको छ । एस्ट्राजेनेका/अक्सफर्डले एक्लै वेलायतमा आफ्नो भ्याक्सिनको १० करोड डोज उपलब्ध गराउने सहमति जनाएको छ । यदि यो भ्याक्सिन सफल भए विश्वभरी २० करोड डोज उपलब्ध गराउने योजना लिएको छ।
वेलायतले मोडर्नासँग पनि कुरकानी गरिरहेको छ तर यसको भ्याक्सिन छिट्टै उपलब्ध हुने छैन ।
के खोपले सबैको रक्षा गर्नेछ ?
मानिसहरुको भ्याक्सिनको विषयमा भिन्न भिन्न दृष्टिकोण रहेको छ । भ्याक्सिनको इतिहासको अनुसार, कुनैपनि भ्याक्सिनविरुद्ध मानिसमा कम प्रभावकारी हुन्छ किनभने उनीहरुको शरीरको रोगप्रतिरोधात्मक प्रणालीले सहि प्रतिक्रिया गर्दैन ।
एक भन्दा अधिक डोजले यसमा नियन्त्रण गर्न सक्छ किनभने एक रसायनको साथमा भ्याक्सिन दिइन्छ र जसले इम्युनिटि सिस्टमलाई बलियो बनाउछ ।
भ्याक्सिन सबैभन्दा पहिला कसलाई मिल्नेछ ?
यस कुराको निर्णय परिस्थिति अनुसार हुनेछ । जब भ्याक्सिन उपलब्ध हुनेछ तब कोरोना संक्रमण अधिक भएको र गम्भीर अवस्था भएको वा खोप प्रभावकारी भएको समुहमा भ्याक्सिनलाई प्राथमिकता दिईनेछ ।
भ्याक्सिन कसरी दिने भन्ने विषयमा वेलायतले सबै भन्दा पहिला वृद्ध मानिसलाई रेखदेख गर्न राखिएको ओल्ड केयर होममा रहने वृद्धहरुलाई र उनको हेरचाह गर्ने कर्मचारीलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।
त्यसपछि स्वास्थ्य सेवासंग जोडिएका कर्मचारी जस्तै अस्पतालका कर्मचारी र ८० वर्ष उमेर भन्दा अधिक जसलाई कोरोनाबाट धेरै खतरा छ, उनीहरुलाई खोप लगाइने छ ।