डोनाल्ड ट्रम्प को ट्विटर एकाउन्ट सदाको लागि बन्द

ट्वीटरले अमेरिकी डोनाल्ड ट्रम्पको टुइटर एकाउन्ट बन्द गरिदिएको छ। स्थानीय समयअनुसार शुक्रवार देखि ट्रम्पको आधिकारिक ट्वीटर ह्यान्डल रहेको रियलडोनाल्डट्रम्पलाई सदा को लागि बन्द गरेको ट्वीटर हेल्प ले जनाएको छ ।

बुधवार अमेरिकी सिनेटमा सदन चलिरहँदा ट्रम्पले उक्साएका प्रदर्शनकारीले भाँडभैलो मच्चाएका थिए। सोही घटनापछि ट्वीटरले ट्रम्पविरुद्ध कडा नीति लिएको थियो । लगत्तै उनका केही ट्वीट हटाइदिएको ट्वीटरले केही बेरमै १२ घण्टाका लागि उनको एकाउन्टमा लक लगाइदिएको थियो।

सोही क्रममा हिंसा भड्काउने खालका ट्वीटहरु आएमा सदाका लागि एकाउन्ट बन्द गरिदिने चेतावनी समेत ट्वीटरले दिएको थियो। फेसबुक र इन्स्टाग्राम ले पनि ट्रम्पको एकाउन्ट पेज दुई हप्ताका लागि लक गरिदिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments