गायिका रिहानाको ट्विट लाई लिएर भारत मा दुईथरी तर्क
अमेरिकी पपस्टार रिहाना को ट्विट लाई लिएर भारत मा चौतर्फी आलोचना भएको छ। हिजो मात्र रिहाना ले भारतीय किसानको प्रदर्शनको पक्षमा अभिव्यक्ति दिएपछि त्यसको तरंग भारत भर फैलिएको हो । भारतीय विदेश मन्त्रालयले रिहानाको नाम नलिइकन त्यसलाई ‘सेलेव्रिटी प्रपोगान्डा’को संज्ञा समेत दिएको छ ।
विदेश मन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ती जारी गर्दै अन्तराष्ट्रिय सेलेव्रिटीले दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताएका छन् । केही निहित स्वार्थमा चलेका व्यक्ति र समूहले भारतीय संविधान र सरकारविरुद्ध उक्साइरहेको पनि उक्त बिज्ञपति मा उल्लेख छ ।
रिहानाले सीएनएनको एउटा न्यूज ट्वीट गरेपछि भारतीय अभिनेत्री कंगना रनावतले त उनलाई मूर्खको संज्ञा दिएकी छ्न । यस्तै पुर्ब पोर्न स्टार मिया खालिफा ले समेत भारत भएको किसान आन्दोलन को विषय मा ट्विट गर्दै किसान माथी गरिएको प्रहरी हस्तक्षेप र दिल्लीमा ईन्टरनेट काटेको बिषयको बिरोध गरेकी छन । भने अर्को धेरै भारतीय नागरिक ले भारत मा भएको किसान आन्दोलन को बारेमा बोलेको भन्दै रिहाना लाई धन्यवाद पनि भनेका छ्न ।