क्याप्टेन सर टोम मुर को निधन

क्याप्टेन सर टोम मूरको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ ।

एक सय वर्षका मूरलाई स्वास प्रस्वास मा समस्या भएपछि गएको हप्ता हस्पिटल मा भर्ना गरिएको थियो । निमोनियाको उपचार चलिरहेका बेला उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भएको छोरी इग्राम मूरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सेनाबाट अवकाश पाएका मूरले सयौँ जन्मदिनका अवसरमा आफ्नो बगैँचाको एक सय फन्को लगाएर बेलायतका नागरिकको मन जित्नु भएको थियो । यसै क्रममा उहाँले ३.३ करोड पाउण्ड जुटाएर बिरामीको उपचारका लागि बेलायतको सरकारी अस्पताल एनएचएसलाई सहयोग गर्नु भएको थियो । कोरोना महामारी संग जुध्न को लागि करोडौं पाउन्ड रकम जम्मा गर्ने टोम को आखिर कोरोना भाइरस संक्रमण बाटै निधन भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments