रेकर्ड भएको ३५ बर्ष पछि आयो नारायण गोपालको ‘केही मीठो बात गर’को भिडियो

स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर ‘को रेकर्ड भएको ३५ बर्ष पछि आधिकारिक म्युजिक भिडियो निर्माण गरिएको छ । बिहिवार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रम बिच ‘केहि मिठो बात गर ‘ भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले २०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गर्नु भएको थियो । नारायणगोपाल संगीत कोष संगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो। गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ ।

भिडियोमा चालिसको दशकको नेपालको परिवेशलाई समेटिएको छ । सुव्रत आचार्यलेको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन ,कलर तथा भिएफक्स र उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ । भिडियोलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो । ४० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले पछिल्लो समय उत्पादन र ब्यबस्थापन गरेका धेरै गीतहरु दर्शकको रोजाइमा परिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments