रानीको ‘फापरको रोटी’मा पुष्प र गरिमा (भिडियो )

नायक पुष्प खडका र टिक टक क्वीन गरिमा शर्मा अभिनीत ‘फापरको रोटी’ को भिडियो सार्वजनिक भएको छ। कोरना कहर बीच पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गायिका डा.रानी शाक्यले नयाँ गीत ‘फापरको रोटी’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन

रानी शाक्य र विक्रम थापाको स्वरमा रहेको गीतमा गणेश सुबेदीको रचना र विक्रम थापाको संगीत रहेको छ । भिडियोमा नायक पुष्प खडका र मोडेल गरिमा शर्मा फिचर्ड छन । बुद्ध थापाको सिनेमाटोग्राफी , विकाश धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काको निर्देशन गरेका हुन्।

गायिका शाक्यको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई यस अघिका गीतहरुलाई जस्तै माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन।

आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यले आइतबार मात्रै ‘संसार फेर्न’ गीतबाट पप आधुनिक विधामा अवार्ड पाउनु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments