प्रताप दास र मेगा श्रेष्ठको देशभक्ती गीत ‘जंगे पिल्लर’ सार्वजनिक (भिडियो )

राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । गीतकार श्रीराम थापाको शब्द रचना अनि गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ ।

गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठलाइ फिचर्ड गरिएको छ । फराज अर्पणले छायाँकन र सम्पादन गरेको भिडियोलाई गीतकार श्रीराम थापाको अफिसियल युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत सार्वजनिक गरिएको छ ।

गीतकार थापाले आफ्नो पहिलो प्रस्तुती रहेको राष्ट्रिय गीत मार्फत अब युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ लाइ संचालन सुरु गर्नु भएको हो । आगामी दिनमा पनि ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत लोकप्रिय गायक गायिकाको स्वरमा गीत रेकर्ड र भिडियो निर्माणको कामलाई निरन्तरता दिइने गीतकार थापाले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments