रवी लामिछाने र उनकी पत्नी निकितालाई कोरोना संक्रमण

सञ्चारकर्मी रवी लामिछाने र उनकी पत्नी निकितालाई कोरोना संक्रमण भएको छ। लामिछानेले आज बिहान सामाजिक सञ्जालमार्फत आफू र पत्नी निकिता दुबैलाई संक्रमण भएको जानकारी दिएका छन् । उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भएको हुन सक्ने बताएका छन्।

फेसबुकमा उनले लेखेका छन् : “गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।”

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments