सुबिन्द्र केसीको गीत ”किन छोड्यो आफ्नै छायाले” सार्वजनिक(भिडियो)

गायक सुबिन्द्र केसीको नयाँ गीत ”किन छोड्यो आफ्नै छायाले” सार्वजनिक भएको छ। उक्त गीत सुबिद्रकै गीति एल्बम ”आरोहणमा” समाबेस रहेको छ, जुन गीतमा लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लको शब्द संगीत रहेको छ।

सुबिन्द्रको सुमधुर आवाजमा सजिएको यो गीतको भिडियोलाई बसन्त केसीको छायांकनमा दिपक पुनले निर्देशन गरेका हुन्। भिडियोमा सीव्रिश दसौडी , मेनका चौधरी र बिक्की कान्छाको अभिनय देख्न सकिन्छ जसलाई सम्पादन छायाँकार बसन्त केसीलेनै गरेका हुन्।

रिफलेक्ट नेपालको सहकार्यमा बनेको यो गीत को मिडिया पर्ट्नर फिल्मी बज रहेको छ। केसीको गीति एल्बम ”आरोहण” गीतहरु विन्ध्यवासिनी म्युजिक प्रालिको आधिकारिक युट्युव च्यानल र विभिन्न प्लेटफर्महरु मार्फत हेर्न तथा सुन्न सकिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments