राजेश हमालले धरहरामा मनाए ५७औ जन्मदिन

नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आफ्नो ५७औ मनाएका छन। उनले, जन्मदिनको केक काट्नका लागि धरहरालाई रोजे। धरहराको टुप्पोमा पुगेर काठमाडौं नियाल्दै नायक राजेश हमालले केक काटेका छन् ।

हमालले केक काट्ने क्रममा उनकी पत्नी मधु भट्टराई पनि उनको साथमा नै रहेको देख्न सकिन्छ । धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउनका लागि भन्दै हमालले धरहराको टुप्पोमा पुगेर केक काटेका हुन् ।

उनले केक काटेर धरहरा निर्माणमा खटिएका मजदुरहरुसँग खुसी साटेका थिए।नायक हमालले बुधबार बिहानै मन्दिर पुगेर पूजा गरेका थिए भने बेलुकी उनले परिवारसँग जन्मदिनको सेलिब्रेशन गरेका थिए ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments