सचिन रौनियारको ‘माया सरर’ सार्वजनिक (भिडियो )

काठमाडौं : गायक सचिन रौनियार पुनः एकपटक आफ्नो नयाँ गीत ‘माया सरर…’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।यसअघिका गीतहरुको सफलतापछि गायक रौनियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन।

जीतेनको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कार्टुन क्रु जुनियरको दमदार अभिनय र नृत्य रहेको छ। कार्टुन क्रुका सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुश्लिंगको सिनेमाटोग्राफी र सुरोज अधिकारीको सम्पादन रहेको छ।

द कार्टुन क्रु को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो सार्वजनिक भए संगै युट्युव ट्रेडीङको अग्रस्थान रहेको छ। बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यसअघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments