कंगना रनावतको घरमा महाराष्ट्र सरकारको डोजर

भारतको महाराष्ट्र सरकारले अभिनेत्री कंगना रनावतको घर भत्काइ दिएको छ । मुम्बइमा रहेको उनको घरको केही भाग भत्काइए पनि मुम्बई हाई कोर्टले उनको घर भत्काउने कार्य तुरुन्त बन्द गर्न आदेश पनि दिएको थियो ।

भारतको महाराष्ट सरकार र अभिनेत्री कंगना रनावतबीचको विवाद थप उत्कर्षमा पुगेको छ । उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कडा चेतावनी पनि दिएकी छिन् । अभिनेत्री कंगनाले बलिउडमा नातावाद विरोध गर्दै आएकी थिइन् ।

केही समय अघि मृत्यु भएका अभिनेता सुशान्तसिंह राजपुतका बाबुले दिएको जाहेरी प्रहरीले लिन नमानेपछि मुम्बईका गृहमन्त्री र मुम्बई प्रहरीको उनले चर्को आलोचना गरेकी थिइन् । त्यसैको बदला लिन आफूलाई दुख दिइरहेको कंगनाको आरोप छ । तर मुम्बई सरकारले भने अवैध रुपमा घर बनाइएकाले भत्काउन परेको बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments