कालो ड्रेसमा साम्राज्ञीको सुन्दरता
कोरोना महामरीका कारण चलचित्र क्षेत्र अहिले ठप्प रहेको छ। चलचित्र क्षेत्र अहिले ठप्प रहेको छ भने कलाकारहरु अहिले बढी म्युजिक भिडियो तिर आकर्षित हुन थालेका छन। कतिपय कलाकारहरुलाई अहिले म्युजिक भिडियोमा भ्याइ नभ्याइ भईरहेको छ भने कतिपय कलाकारहरुले अहिले धमाधम फिल्म सिईन गर्न थालेका छन।

कुरा गरौ अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको। लक्डाउनको समयमा विवादमा आएकी साम्राज्ञी लक्डाउन अगावै फुर्सदिलो समय बिताईरहेकी थिन्। ‘रातो टीका निधारमा’ भन्दा अगाडि हेमराज विसीको एक प्रोजेक्टमा आबद्ध भइसकेकी उनले लकडाउनमा प्रवेश पौडेल, मिलन चाम्स र रमेश एम.के पौडेलको फिल्म साइन गरेकी छन् ।

उनले ‘प्रेमगीत’ सिरिज निर्माण कम्पनी आशुसेन फिल्मस्को नयाँ फिल्म ‘हुतुतु’ मा पनि काम गर्ने सम्भावना प्रवल छ । स्थिति सामान्य भएपछि उनलाई फिल्मको सेड्युल मिलाउन गाह्रो पर्ने देखिन्छ।

साम्राज्ञी सामाजिक सन्जालमा खुबै सक्रीय छिन्। साम्राज्ञीले कालो रङको पहिरनमा केही तस्विरहरु सामाजिक सन्जालमा साझेदार गरेकी छिन् । कालो रङको पहिरनमा साम्राज्ञीले निकै राम्री देखेकी छिन्। साम्राज्ञीको सुन्दरता निकै खुलेको देखिन्छ। उन्का फ्यानसहरुले पनि उन्को सुन्दरताको खुलेर तारिफ गरेका छन्।

