अञ्जु पन्त प्रेमी थिर कोइरालासँग बिहे गर्दै

चर्चित गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका इलामका थिर कोइरालासँग उनको बिहे हुन लागेको हो । दुवैको परिवारमा बिहेको कुराकानी भइरहेपनि मिति भने तय भएको छैन ।

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले सेयर गरेको देखिन्छ ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन्। अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन्। एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग अञ्जुले डिभोर्स गरेकी थिइन् ।

बिहेको कुरा भइरहेको र चाँडै हुन सक्ने उनले बताएकी छिन। उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको  जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments