अभिनेता सारुक ताम्राकरको निधन

अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले, ३१ बर्षको  उमेरमा आफ्नै निवास रातो पुलमा आत्महत्या गरेका हुन् । 

सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित निजी निवासमा मृत भेटिएका छन् । उनी बिहीबार साँझ घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । यतिबेला पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उनी बिहीबार दिउँसो फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेर घर आएका थिए ।

फिल्म ‘रानी’बाट अभिनय करिअर सुरु गरेका सारुकले फिल्म ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ पनि काम गरेका छन् । उनले लामो समयपछि ‘ह्यासट्याग माया’मार्फत् अभिनयमा पुनरागमन गरेका थिए । उनको अन्तिम फिल्म पनि यही बन्न पुगेको छ । उनका बुबा सानु ताम्राकार पनि कलाकार हुन् ।

बिहीबार बेलुका उनका बुबा-आमा एक पार्टीमा गएका थिए । सारुकले आफू पनि पार्टीमा आउने जानकारी गराएका थिए । तर, उनी पार्टीमा गएनन् । उनका बुबा-आमा घर फर्किएपछि सारुकलाई मृत अवस्थामा देखेका थिए । उनको निधनको खबरले फिल्म क्षेत्र स्तब्ध बनेको छ । सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments