ट्रकको ठक्करबाट धादिङ्गमा १२ वर्षीय बालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङ्ग जिल्ला बेनिघाट रोराङ्ग गाउपालिका वडा नं. १० फिस्लिङ्ग खोलानजिक ट्रकले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । गोर्खा जिल्ला गण्डकी गाउँपालिका वडा नं. ६ बस्ने १२ वर्षीय प्रवचन प्रजाको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।सो दुर्घटनापछि स्थानीय वासिन्दामा उत्पन्न भएको तनावका कारण राजमार्ग केहीबेर अवरुद्धसमेत भएको थियो ।

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ३४६६ नम्बरको ट्रकले बाटो काटिरहेका प्रजालाई ठक्कर दिएर फरार भएको थियो । भागेको ट्रकलाई फिस्लिङ्गमा प्रहरीले नियन्त्रण लिएको ट्राफिक प्रहरी निरीक्षक नेत्र भट्टले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments