केएमसीको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु

काठमाडौंमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)को तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु भएको छ । ती युवाले आज बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।  सोलुखुम्बु घर भएका रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।  आइतबार मात्रै उनलाई अस्पताल भर्ना गरिएको थियो ।

आमा औषधि लिन गएको बेला उनी अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । उनी नयाँ बानेश्वरमा डेरा गरी बस्ने युवा भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार उनको आजै बिहान मृत्यु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments