आज २५०८ जनामा कोरोना संक्रमण, उपत्यकामा १६२२ जना

आज नेपालमा २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका १३६२  जना, ललितपुरका १६४ र भक्तपुरका  ९६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र  ३६२० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२  रहेको छ।

थप मृतक २३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments