आज १०५६ जनामा कोरोना संक्रमण

आज नेपालमा १०५६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३९३ जना, ललितपुरमा ७५ र भक्तपुरमा ३९छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या रहेको १४८३ छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ रहेको छ। पछिल्लो २४ घण्टामा थप १४जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।कोरोनाबाट मृत्यु हुनेको संख्या  १६५१  पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments