थप ४३४४ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु

काठमाडौँ : नेपालमा थप ४३४४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३४४९ र एन्टीजेन परिक्षणबाट ८९५ गरि कुल ४३४४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८० हजार ३३६ पुगेका छन् ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १२२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ८३६ जना, भक्तपुरमा १२१ र ललितपुरमा २६९ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१७९ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments