सार्वजनिक यातायातको भाडा घट्यो

सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । 

स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । घटाएको भाडा दर सोमबारबाटै लागु हुने विभागले जनाएको छ । 

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments