हप्तामा २ दिन सार्वजनिक बिदा दिने प्रस्ताव

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको हो।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोईरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ ।

एक दिनको बिदाले घुमघाममा समय नपुग्ने र अन्तर्राष्ट्रिय प्रचलन समेत साताको दुई दिन सार्वजनिक बिदा दिने भएको भन्दै पर्यटन मन्त्रालय यसमा जुटेको हो ।

समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताब तयार गरिने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments