काठमाडौं उपत्यकाकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा १५५९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १०५७  जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५६,४२८   पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप ९०२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६९७,ललितपुरमा   ११२ ,भक्तपुरमा ९३  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित हुनेको संख्या ७७,८१७  पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  २०,८९१ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेको संख्या ४९८ पुगेको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments