आज २६३८ जनामा कोरोना संक्रमण

आज नेपालमा २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।  हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ।

पछिल्लो २४ घण्टामा मात्र  २१७४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ३६,३६७  रहेको छ। थप मृतक १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट  मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments