काठमाडौं उपत्यकामा २३८८जनामा कोरोना संक्रमण

आज नेपालमा ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ९४. ५०१   रहेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका  २००८ जना, ललितपुरका २८१  र भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

२४ घण्टामा मात्र  २३३५जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या  ४०,७७८  रहेको छ। थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments