आज २८५६ जनामा कोरोना संक्रमण,उपत्यकामा १५३५

आज नेपालमा २८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ३३३६  जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या  १ लाख ११ हजार ६७० रहेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका १२२५ जना, ललितपुरका १४७ र भक्तपुरका  १६३जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

थप मृतक ५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ८५७ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments