आज २५६९ जनामा कोरोना संक्रमण,उपत्यकामा १२६१ जना

आज नेपालमा  २५६९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २ लाख २ हजार २३९  पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  १२६१   जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका ९७६ जना, ललितपुरका २०४ भक्तपुरका ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ रहेको छ। २४ घण्टामा २६ जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments