नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष रमेश कुमार शर्माको निधन

नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष रमेश कुमार शर्माको ९३ वर्षको उमेरमा निधन भएको छ। उनको ग्रान्डी अस्पतालमा उपचार क्रममा आज बिहान निधन भएको हो। उनी १६ वर्षसम्म रेडक्रसको अध्यक्ष रहेका थिए। उनका तीन छोरा र दुई छोरीहरु छन्।

आज बिहान पशुपतिनाथ आर्यघाटमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना र महामन्त्री पीताम्बर अर्यालले स्व शर्माको पार्थिव शरीरमा नेपाल रेडक्रस सोसाइटीको झण्डा र पुष्पगुच्छा अर्पण गरी अन्तिम बिदाइ गरेका छन्।

उनी होटल अर्किड त्रिपुरेश्वरका मुख्य लगानीकर्ता तथा नेपालमा अफसेट प्रेस आरम्भका बेला ‘सहयोगी प्रेस’ संस्थापक थिए। साथ‌ै नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य पनि थिए उनी।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments