आज शहीद दिवस,प्रधानमन्त्री ओलीद्धारा शहीदप्रति श्रद्धाञ्जली अपर्ण

काठमाडौं । आज शहीद दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सरकारले दिवसलाई विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पुष्पगुच्छा अपर्ण गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट प्रभातफेरी गरिएको हो । शहीदको सम्मानमा सेना र प्रहरीले पनि मार्चपास गरेका छन् । शहीदका तस्बिर अंकित बग्गीसहित शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद उद्यानसम्म मार्चपास गरिएको हो ।

त्यसलगत्तै सोही स्थानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित भई शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि सहभागी हुनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments