काठमाण्डौ तर्फ आइरहेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी

काठमाण्डौ तर्फ आइरहेको पेट्रोलको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

दमकलको सहायताले आगो निभाइएको छ । नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ । यसै विच पेट्रोल ट्याङ्करका चालक र सहचालक सम्पर्कमा आएका छन्। चालक हेटौंडाका ३२ वर्षीय  सुदिप बोहरा र सहचालक मनिस नगरकोटी छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments