काठमाडौं उपत्यकाकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८९३ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या  ४९ हजार ९५४ पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप  ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९२,ललितपुरमा ५०,भक्तपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंका १६ वर्षीय पुरुष र ६८ वर्षीया महिला तथा ललितपुरका ७४ वर्षीय पुरुषको गरी थप ३ जनाको मृत्यु भएको छ।

हालसम्म संक्रमित हुनेको संख्या ६७,८०४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ४३६ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १७, ४१४ रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments